सोलुमा पहिलोपटक दमकल

हिमाल एफ एम,
सोलुखुम्बु, २८ असार

सोलुखुम्बुमा पहिलो पटक दमकल भित्रिएको छ ।

सोलु दुधकुण्ड नगरपालिकाका लागि स्थानिय बिकास मन्त्रालयले उपलब्ध गराउने भनेको दमकल मंगलबार आइपुगेको नगरपालिकाका कार्यकारी अधिकृत इन्दीरा थापाले जानकारी दिईन् ।

५३ लाख ९५ हजार रुपैयाँको ठेक्कामा म्याप इन्टरप्रिनर्स प्राइभेट लिमिटेडले टाटा कम्पनीले दमकल खरिद गरि सल्लेरी ल्याइपुर्याएको हो । ४५ सय लिटर पानी अट्ने क्षमताको दमकल भित्रिएको हो ।

बर्षेनी आगोलागीका घटनाबाट सदरमुकाम सहितका क्षेत्रमा करोडौँको क्षति पुग्दा पनि दमकल नभएका कारण आगो निभाउन समस्या हुने गरेको थियो । नगर क्षेत्रमा दमकलको आबश्यक्ता रहेको भन्दै सर्बसाधरणले ब्यबस्थाका लागि माग गर्दै आएका थिए ।

गत कार्तिक १९ गते र मंसिर २३ गते एक महिनाको अबधीमै सल्लेरी बजार क्षेत्रमा आगोलागिबाट ठुलो क्षति भए पछि नगरपालिकाको कार्यलय र जिल्ला प्रशासन कार्यलयले दमकल उपलब्ध गराइदिन मन्त्रालयलाइ माग गरेको थियो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु