सोलुमा ट्राफिक संकेतको धज्जी उडाउदै सवारी चालक

शिखर गजरकोटे
सोलुखुम्बु, १९ मंसिर

सोलुखुम्बुमा सवारी चालकहरुले ट्राफिक संकेतको धर्जी उडाएका छन् । सदरमुकाम सल्लेरीमा नो पार्किङको वोर्ड राखिएको स्थानमा मै दर्जनौ सवारी पार्किङ गरिने भएपनि ट्राफिक प्रहरीको निगरानी फितलो देखिएको हो ।

सदरमुकामको सडकमा जथाभावी सवारी पार्किङ गर्दा आवतजावतमा समस्या नपरोस् भन्नका लागि ट्राफिक विटले नो पार्किङको संकेत राखेपनि मोटरसाईकल चालकहरुले ट्राफिक संकेत भएकै स्थानमा दैनिक पार्किङ गर्दै आएका छन् ।

यता, ट्राफिक संकेत देख्दादेख्दै पनि पार्किङ गर्नुपर्ने बाध्यता छ । अन्य स्थानमा पाकिङका लागि स्थान नभएपछि नो पाकिङ लेखिएको वोर्ड नजिकै भएपनि पाकिङ बाध्यता भएको सवारी चालकहरु बताउछन् । तर नियम पालनामा देखिएको लापरवाहि र वाध्यताका बीचमा ट्राफिक प्रहरीको निगरानी पनि कम भएको महसुस गरिएको छ । ट्राफिक ईन्चार्ज बेदलाल गौतमले ध्यान पुगेपनि जनशक्रि अभावका कारणले नियम पालनामा कडाई गर्न नसकेको बताए । ‘दुई जनाले कता कता हेर्नु’ उनले भने, ‘सवारी चालकले पनि बुझ्नुपर्ने हो । निधेष गरिएको क्षेत्रमा सवारी पार्किङ गर्ने पनि लापरवाहीपन देखाएकै छन् ।’

ट्राफिक ईन्चार्ज गौतमले जनशक्ति अभावकै कारण ट्राफिक नियम पालनामा कडाई गर्न नसकेको बताए । दुईजना जनशक्ति रहेको सोलुमा चाहेर पनि नियम पालनामा कडाई गर्न नसकिएको हो । जनशक्ति माग गरिएपनि आश्वासन मात्र पाएको ईन्चार्ज गौतमको भनाई छ ।

ट्राफिक प्रहरीले दुर्घटनालाई कम गर्नका लागि राखिएको दर्जनौ ट्राफिक संकेतका बोर्डहरु कतिपय स्थानमा च्यातिएका छन् भने कतिपय स्थानमा उखेलेर फालिएको छ । स्थानीयहरु सवारी चालकहरुकै लापरवाहि बढेको बताउछन् । उनीहरुले पाकिङकै लागि असहज हुने भएपछि उखेल्ने, च्यात्ने काम गरेको बताउने गरेका छन् । ट्राफिक नियम पालना गर्न गराउन दुवै पक्षमा ईच्छाशक्तिको कमी देखिएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु