सोलुमा क्षेत्रिय महिला भलिबल शुरु

हिमाल एफ.एम.
सोलुखुम्बु, फागुन ७

सोलुखुम्बुमा क्षेत्रिय महिला भलिबल प्रतियोगीता शुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा शुरु प्रतियोगीतामा पुर्वाञ्चलका १४ जिल्लाका एक÷एक टिमको सहभागीता रहेको छ ।

सल्लेरी स्थित एक खेलमैदानमा भईरहेको प्रतियोगीतामा पहिलो चरणका ६ खेल सम्पन्न भएका छन् । पहिलो खेलमा संखुवासभाले ताप्लेजुङलाई २५–९ र २५–११ को सोझो सेटमा हराउदै विजयी भएको छ । ईलाम र मोरङ बीच भएको दोस्रो खेलमा २५–७ र २५–७ को सेटले मोरङ विजयी भएको छ ।

मंगलबारको तेस्रो खेलमा २५–९ र २५–९ को सेटमा सुनसरीको टिमसंग पाँचथर पराजित भएको छ भने २५–११ र २५–१३ को सेटले धनकुटा माथी ओखलढुंगाले विजय हासिल गरेको छ । सोलुखुम्बु र तेह्रथुम बीच भएको प्रतिस्प्रर्धामा सोललु विजयी भएको छ । २५–१० र २५–१९ को सोझो सेटमा तेह्रथुम माथी सोलुुले जित हात पारेको हो । भोजपुर र उदयपुर बीच भएको अन्तिम खेलमा भोजपुर पराजित भएको छ । २५–२० र २५–१७ को सेटमा उदयपुरले जित निकालेको हो ।

विभिन्न १४ जिल्लाबाट छनौट भएर आएका खेलाडीहरुले प्रतियोगीतामा प्रतिस्प्रर्धा गरिरहेका छन् । खेल ५ दिन सम्म चल्ने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिबि राणापालले बताए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु