सोलुमा कुन नेताले कहाँवाट मतदान गरे

राधा ढुंगाना
सोलुखुम्बु, १० मंसीर

सोलुखुम्बुमा मुख्य प्रतिष्पर्धामा रहेका बाम र कांग्रेस नेताहरुले आ–आफ्नो मतदान केन्द्रबाट मतदान गरेका छन् ।

प्रतिनिधि सभाका कांग्रेस उम्मेद्धार बल बहादुर केसीले नेचा –सल्यान गाउँपालीकाको विपि संस्कृत माविमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
त्यस्तै, बाम गठबन्धनका तर्फबाट उम्मेद्धार बन्नुभएका हेम कुमार राई सुरबिरले फुर्के सामुदायिक बनको भवनमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।

कांग्रेस तर्फबाट प्रदेश सभा ‘क’ का उम्मेद्धार प्रकास सिंह कार्कीले नेचा–सल्यान गाउँपालिकाको रुँगास्थानी आधारभुत विद्यालय र प्रदेश सभा ‘ख’ का उम्मेद्धचार आङगेलु शेर्पाले तामाखानीको पिके माविमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

त्यस्तै, बाम गठबन्धनको तर्फबाट प्रदेश सभा ‘क’ का उम्मेद्धार उत्तम बस्नेतले दुधकौसीका गाउँपालीकाको काँगेल बाउन्डीमा रहेको मतदान केन्द्र र ‘ख’ का उम्मेद्धार बुद्धिकुमार राजभण्डारीले सोलु–दुधकुण्ड नगरपालीको छुल्यामु आधारभूत विद्यालयको केन्द्रबाट मतदान गर्नुभएको हो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु