सोलुमा काठमा धमिरा लाग्ने समस्या

दिपेन्द्र पराजुली,
सोलुखुम्बु, मंसिर ७

सोलुखुम्बु जिल्लामा काठमा धमिरा लाग्ने समस्याले सताएको छ । जिल्लाको नेचासल्यान, तिङला लगायतका स्थानमा काठमा धमिराले विगत तिन वर्ष देखि सताउदै आएको छ । घर तथा विद्यालयका भवनमा प्रयोगमा गरिएका सल्ला, उत्तिस, चिलाउने, मौवाको काठमा धमिरा लागेको हो ।

घरमा प्रयोग गरेको काठ २ देखि ३ वर्षमा नै धमिरा लागेपछि फेरी घर पुर्ननिर्माण गर्नुपर्ने अवस्था सिर्जना भएको तिङला डाडाँगाउका बलबहादुर बस्नेतले बताउनुभयो । तिङ्लाको डाडाँगाउँमा ३७ घरको काठमा धमिरा लागेको उहाँको भनाई छ । घर–गोठ निर्माण गरेका काठमा धमिरा लाग्न थालेपछि चिन्तामा परेको पिडितहरुको भनाई छ । धमिरा नियन्त्रणको उपाय नहँुदा फैलदै गएको छ । हिउँदको समयमा भन्दा बढि बर्खायामको समयमा धमिराले सताउने गरेको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!