सोलुमा एउटै पालिकाको बेरुजु ५ करोड

शिखर गजरकोटे,
सोलु्खुम्बु, भदौ ३

सोलुखुम्बुको ८ स्थानिय तहमध्ये सबैभन्दा बढि बेरुजु कारोबार खुम्बु पासाङल्हमू गाउँपालिकाको देखिएको छ ।

महालेखापरीक्षक कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७५–०७६ मा खुम्बु पासाङल्हमुले ५ करोड ४७ लाख ८१ हजार रकमको कारोबार फर्छयौट गर्न नसकेको देखिएको छ ।सबै भन्दा कम सोताङ गाउँपालिकाको ३८ लाख २७ हजार बेरुजु रहेको छ ।

थुलुङदुधकोशी गाउँपालिकाको ५० लाख ८८ हजार, लिखुपिके गाउँपालिकाको ९७ लाख ५४ हजार बेरुजु देखिएको छ ।

सोलुदुधकुण्ड नगरपालिकाको बेरुजु रकम ९७ लाख १७ हजार मात्र रहेको छ ।

त्यस्तै, महाकुलुङ गाउँपालिकाको १ करोड १८ लाख ६५ हजार बेरुजु देखिएको छ ।

नेचासल्यान गाउँपालिकाको १ करोड ४३ लाख ३९ हजार र माप्यदुधकोशी गाउँपालिकाको १ करोड ४१ लाख ४५ हजार गरि जिल्लाका ८ स्थानीय तहमा १२ करोड ३५ लाख १६ हजार रकम फर्छयौट हुन नसकेको महालेखापरिक्षकको कार्यालयले तयार पारेको बार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
उता,
ओखलढुंगाका ८ स्थान्ीय तहमध्ये सबैभन्दा बढि बेरुजु कारोबार चम्पादेवी गाउँपालिकामा देखिएको छ । महालेखापरिक्षकको कार्यालयले जारी गरेको बार्षिक प्रतिवेदन अनुसार आर्थिक बर्ष २०७५–७६मा चम्पादेवी ७ करोड २९ लाख ५६ हजार बेरुजु उल्लेख गरिएको छ । सिद्धिचरण नगरपालिकामा २ करोड २९ लाख ८८ हजार बेरुजु कारोबार देखिएको छ भने खिजिदेम्बा गाउँपालिकामा ३ करोड ६९ लाख ८५ हजार बेरुजु रहेको छ ।

चिसंखुगढी गाउँपालिकामा २ करोड ७ लाख ६ हजार, मानेभन्ज्याङ गाउँपालिकामा एक करोड ९० लाख ६१ हजार र मोलुङ गाउँपालिकामा एक करोड ५ लाख ५३ हजार बेरुजु रहेको महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै, जिल्लाको लिखु गाउँपालिकामा २ करोड ९१ लाख २ हजार र सुनकोशी गाउँपालिकामा २ करोड ८५ लाख ५४ हजार रकम फर्छयौट हुन बाँकी देखिएको छ ।

यता, खोटाङका १० स्थानीय तहमा १६ करोड ९० लाख ३५ हजार बेरुजु देखिएको छ । गत आर्थिक बर्ष २०७५–०७६मा जिल्लाको हलेसी त्ुवाचुङ नगरपालिकामा ४ करोड ५० लाख १४ हजार बेरुजु देखिएको छ भने दित्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २ करोड ९ लाख ४ हजारको कारोबार फछ्यौट हुन बाँकी रहेको छ ।

महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको बार्षिक प्रतिवेदनमा ऐसेलुखर्क गाउँपालिकामा ४० लाख ३५ हजार, रावावेशी गाउँपालिकामा एक करोड १६ लाख ९५ हजार, जन्तेढुंगा गाउँपालिकामा एक करोड ५३ लाख ५६ हजार बेरुजु देखिएको छ । त्यस्तै, केपिलासगढी गाउँपालिकामा ९१ लाख ७३ हजार, दिप्रङचुईचुम्मा गाउँपालिकामा ३ करोड ४६ लाख ३ हजार, साकेला गाउँपालिकामा एक करोड ५२ लाख ४४ हजार र बराहपोखरी गाउँपालिकामा ५९ लाख ५२ हजार फछुयौट हुन नसकेको रकम देखिएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु