सोलुमा अधिकारी र शेर्पालाई श्रद्धान्जली

हिमाल एफ.एम.
सोलुखुम्बु, फागुन १७

सोलुखुम्बुमा बुधबार ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारी र पर्यटन व्यवसायी आङछिरिङ शेर्पालाई श्रद्धान्जली दिईएको छ ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को आयोजनामा सल्लेरी स्थित समिक्षालय हल गेटमा अधिकारी र शेर्पाको तस्विरमा माल्र्यापर्ण गरि श्रद्धान्जली दिईएको हो ।

उक्त कार्यक्रममा प्रदेश नं १ का सांसद बुद्धिकुमार राजभण्डारी, जिल्ला समन्वय समितिका संयोजक वीर कुमार राई सहित नेकपाका जिल्लास्तरका नेता तथा कार्यकर्ताले अधिकारी र शेर्पाको तस्बिरमा माल्र्यापण गरि श्रद्धान्जली व्यक्त गरेका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु