सोलुबाट फुटबलमा पहिलो पटक सहभागी हुदै

हिमाल एफ एम,
मंसिर २१ – सातौँ राष्ट्रिय खेलकुदको पुर्बाञ्चल स्तरिय क्षत्रिय गेमका लागि सोलुखुम्बुका फुटबल खेलाडीहरु काकरभिटा प्रस्थान गरेका छन् । टिम ब्यबस्थापक नाम्गेल शेर्पा, प्रशिक्षक प्रकाश मल्ल सहित १८ जना खेलाडी गरि २० जना आज बिहान सल्लेरीबाट काकरभिटा प्रस्थान गर्ने गरेका हुन् । झापाको काकरभिटामा आगामी २३ गतेबाट हुन लागेको क्षेत्रिय गेमका लागि सोलुखुम्बुका खेलाडीहरु दुइ हप्ता देखि लुक्लामा बन्द प्रशिक्षणमा थिए । सोलुखुम्बुबाट पहिलो पटक फुटबल गेमका लागि खेलाडीहरु सहभागी हुन लागेका हुन् । सागर राजभण्डारी, अमिर केसी, पेम्बा ग्याल्जेन तामाङ, धन कुमार तामाङ, किशोर राइ, अर्जुन राइ, सागर श्रेष्ठ, सन्तोष तामाङ, राम तामाङ, फुनुरु शेर्पा, मिङमा शेर्पा, दिपेन्द्र राइ, प्रेम कुमार तामाङ, ल्हाक्पा दोर्जी तामाङ, तास कुमार तामाङ, प्रदिप बराइली, दिपक तामाङ र सुरज तामाङ गरि १८ जना खेलाडीहरु छनौट भएका थिए । यी मध्य अमिर केसी ए डिभिजन क्लब मनाङ मस्र्याङदीमा आबद्ध खेलाडी हुन् । राष्ट्रिय खेलकुद परिषदका प्रशिक्षण्क प्रकाश मल्ललाइ झिकाएर प्रशिक्षण सुरु गरिएको थियो । प्रशिक्षक मल्लले आफ्ना खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्ने बिश्वास ब्यक्त गरेका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु