सोलुदुधकुण्ड नपामा एमालेका उम्मेदवार सर्वसम्मत टुंग्याउने संभावना न्यून

भानुभक्त निरौला
सोलुखुम्बु, ५ बैशाख

सोलुखुम्बुको एक मात्र नगरपालिका सोलुदुधकुण्डमा नेकपा एमालेको तर्फबाट आधा दर्जन भन्दा बढी आकांक्षि देखिए पछि सहमतिको संभावना कमजोर बन्दै गएको छ । एमालेले यही बैषाख ७ गते भित्र नगरपालिकाको उम्मेदवारको नामलाई अन्तिम रुप दिएर प्रदेश कमिटिमा पठाईसक्नु पर्ने भए पनि सर्वसम्मत रुपमा मेयर तथा उपमेयरमा १–१ जनाको नाम सिफारिस हुने संभावना कम हुँदै गएको एमाले श्रोतले जनाएको छ ।

अधिकार सम्पन्न नगपालिकाको मेयरको उम्मेदवारका लागि आङदामी शेर्पा, बच्चुनारायण श्रेष्ठ, दोर्जिजाङबु शेर्पा र रामकाजी श्रेष्ठले कडा दाबी प्रस्तुत गर्दै आएका छन् भने उप मेयरको लागि पनि ४ जनाले नै दाबी गर्दै आएका छन् । उपमेयरको उम्मेदवारको लागि याङ्डी लामा, कल्पना राई, सुर्यकुमारी सुनुवार र मोहनकुमारी कार्कीले लविङ गर्दै आएका छन् ।

८ वटा गाविस मिलेर बनेको नगरपालिकाको प्रमुख बन्नका लागि एमालेबाट आँकक्षिहरुको संख्या धेरै र शसक्त दाबी भएका कारण पनि सर्वसम्मत हुने संभावना क्षिण बन्दै गएको छ । नकेपा एमाले जिल्ला कमिटिले मेयर र उपमेयरका लागि सर्वसम्मत गर्ने प्रयत्नका साथ सबैलाई मिलाउने प्रयत्न गरे पनि कसैले दाबी छोड्नो संभावना देखिएको छैन ।

एमालेलाई आकांक्षिहरु मध्ये जातिय र भौगोलिक सन्तुलन मिलाउन निकै सकस पर्ने देखिन्छ । प्रदेश कमिटिले जिल्लाको सिफारिसका आधारमा बैषाख १२ गते भित्र उम्मेदवारहरुको नामलाई अन्तिम रुप दिनेछ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!