सोलुदुधकुण्ड नगरलाई २०७८ जेठ भित्र बालमैत्री स्थानीय शासन अबलम्बन घोषणा गरिने

सोनी राई,
सोलुखुम्बु, कात्तिक १८

सोलुदुधकुण्ड नगरपालिकालाई २०७८ जेठ भित्र बालमैत्री स्थानीय शासन अबलम्बन क्षेत्र घोषणा गर्ने प्रतिबद्धता गरिएको छ ।

शनिबार बालमैत्री स्थानीय शासन अबलम्बन अभिमुखिकणको समापन गर्दै जनप्रतिनिधि, निजामति कर्मचारी, शिक्षक, विद्यार्थी लगायतका सरोकारवालाले सामूहिक रुपमा प्रतिबद्धता जनाएका हुन् । कार्ययोजना निर्माण गर्दै नगरपालिकालाई २०७८ जेठ सम्ममा बालमत्री स्थानीय शासन अबलम्बन गरि घोषणा गरिसक्ने प्रतिबद्धता जनाइएको हो ।

प्रतिबद्धता पछि मेयर नाम्गेलजाङबु शेर्पाले बालबालिकाको चौतर्फी विकास संगै बालमैत्री स्थानीय शासन अबलम्बन गर्न पुर्ण प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले बालबालिकाको विकासवाट मात्रै राज्य समुन्नत हुन सक्ने भएकाले उनीहरुको विकासमा नगरपालिका लाग्ने बताउनुभयो ।

अभिमुखिकरणको सहजीकरण विष्णु प्रसाद चौवे र सोलुदुधुकुण्ड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयराज सुवेदीले गर्नुभएको थियो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु