सोलुदुधकुण्ड नगरपालिकाको निर्णय : ग्याल्पो लोसारमा विदा, नगरसभा चैत्र १५ मा

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिकाले शेर्पा जातीको राष्ट्रिय सास्कृतिक पर्व ग्याल्पो लोसारको अबसरमा आगामी फागुन १२ गते स्थानीय पर्व विदा दिने भएको छ । मेयर नाम्गेल जाङबु शेर्पाको अध्यक्षतामा बसेको नगरकार्यपालिकाको वैठकले लोसारको अबसरमा स्थानीय विदा दिने निर्णय गरेको हो ।

किवि क्लब गठन सम्बन्धि कार्यविधि २०७६ पारित गरेको कार्यपालिकाले नगरपालिकालाई निशुल्क जग्गा दान दिने दाताहरुलाई सम्मान गर्ने, रोजगार संयोजक छनौटका लागि जिल्ला समन्वय अधिकारीको संयोजकत्वमा समिति गठन गर्ने, आईइइ र डिपिआरको प्रतिवेदन अनुसार आवश्यकताको आधारमा सडक ट्रयाक ओपनका लागि छनौट र मेसिन परिचालनका लागि मेयरको संयोजकत्वमा समिति गठन गर्ने, विभिन्न रोगबाट ग्रसित भएका नगरबासीको उपचारमा भएको समस्यालाई ध्यानमा राख्दै मागको आधारमा कार्यपालिका पदाधिकारीको एक महिनाको पारिश्रमिक र प्रमुख प्रशासकीय अधिकृतको ५ दिनको पारिश्रमिक संकलन गरि २५ हजारको दरले सहयोग गर्ने निर्णय गरेको प्रवक्ता शारदामाया तामाङले जानकारी दिईन् ।

वैठकले आगामी चैत्र १५ गते छैठौ नगरसभा गर्ने निर्णय समेत गरेको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु