सोलुदुधकुण्ड नगरपालिकामा टेलिकमको टावर विस्तारको काम अन्तिम चरणमा

निशा श्रेष्ठ
सोलुखुम्बु, भदौ ८

सोलुदुधकुण्ड नगरपालिकाका विभिन्न स्थानमा टेलिकमको टावर निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

टेलिकमको टावर निर्माणका लागि गएको गत साउनमा नगरपालिका, नेपाल टेलिकम र निर्माण कम्पनीबीच त्रिपक्षिय सहमति गरिएको थियो । सोही अनुरुप काम अन्तिम चरणमा पुगेको मेयर नाम्गेल जाङबु शेर्पाले बताए ।

दशै भन्दा अगाडी नै नेपाल टेलीकमको 3g इन्टरनेट सहीतको ntc फोनको सेवा प्रवाह गरीसक्ने गरी काम भईरहेको उहाँको भनाई छ । हाल गार्मामा टेलीकमको टावर निर्माणको काम अन्तिम चरणमा पुगेको छ । त्यस्तै टाक्सिन्दु र गोराखानीको काम पनि द्रुत गतिमा भईरहेको छ ।

बेनीमा सामाग्री निर्माण स्थलमा पुर्याएर निर्माँणको काम थालिएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!