सोलुदुधकुण्ड नगरपालिकामा टेलिकम टावर निर्माणका लागि त्रिपक्षिय सहमति

हिमाल एफ.एम.
सोलुखुम्बु, साउन ३

सोलुदुधकुण्ड नगरपालिकाको गोराखानी, बेनी र टाक्सिन्दुमा टेलिकमको टावर निर्माणका लागि नगरपालिका, नेपाल टेलिकम र निर्माण कम्पनीबीच त्रिपक्षिय सहमति गरिएको छ ।

स्विकृत कार्यक्रम अनुसार निर्माण कम्पनीले समयमै टावर निर्माणको काम नगरेपछि आज यहि जुलाई अन्तिम सम्ममा टावर निर्माणको काम सक्ने गरि नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पा, नेपाल टेलिकमका निर्देशक सरोजमान सिं प्रधान र भारतीय कम्पनी एस्टर प्रा.लि.का निर्देशक मधुबाबु रोका लगायतले त्रिपक्षिय सहमति गरिएको हो ।

सहमति पत्रमा जुलाई अन्तिमसम्म बेनी र गोराखानीका लागि सामाग्री ढुवानी गर्न र जुलाई २१ देखि टाक्सिन्दुमा फाउण्डेशन निर्माणको काम शुरु गरिने उल्लेख छ । मेयर शेर्पाको पहलमा स्विकृत कार्यक्रम कार्यान्वयनमा निमाण कम्पनीले ढिलाई गरेपछि सम्झौता गरिएको हो ।
टावर निर्माणको काम सम्पन्न गरि सेवा प्रवाहका लागि आफू लागि परेको मेयर शेर्पाले बताए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु