सोलुदुधकुण्ड नगरपालिकामा घरघरमा स्वास्थ्यकर्मी कार्यक्रमको तयारी

शिखर गजरकोटे
सोलुखुम्बु, १ पौष

सोलुदुधकुण्ड नगरपालिकाले घरदैलोमा स्वास्थ्यकर्मी कार्यक्रमको प्रक्रिया शुरुवात गरेको छ । नगरक्षेत्रमा रहेका ७० बर्ष माथीका जेष्ठ नागरिक र ‘क’ वर्गका अपांग नागरिकलाई आधारभूत स्वास्थ्य सेवा घरदैलोमै पु¥याउने उद्देश्यले एक दिने स्वास्थ्यकर्मी सहभागी कार्याशाला गोष्ठि सम्पन्न गरेको छ ।

चालु आर्थिक बर्षको निति तथा कार्यक्रमको जगमा टेकेर जेष्ठ नागरिक तथा अपांगलाई घरमै पुगेर आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्ने फरक कार्यक्रमको प्रक्रिया शुरु गरिएको नगरपालिकाका सूचना अधिकारी योग्य प्रसाद राईले जानकारी दिनुभयो ।

महिनाको दुई पटक नियमित स्वास्थ्य परिक्षणका लागि जेष्ठ नागरिक र अपांगको घरमा पुगेर सेवा गरिने गरि स्वास्थ्यकर्मीलाई अभिमूखिकरण गरिएको छ । घरघरमा पुग्ने स्वास्थ्यकर्मीले नियमित परिक्षण र स्वास्थ्य चौकीवाट उपलब्ध हुने सेवा निशुल्क रुपमा प्रदान गर्ने व्यवस्था मिलाईने सूचना अधिकारी राईको भनाई छ ।

अहिले आवश्यक स्रोतसाधनको व्यवस्थापन र नगर क्षेत्रमा रहेका ७० बर्ष माथीका जेष्ठ नागरिक र ‘क’ वर्गका अपांग नागरिकको तथ्यांक संकलनको काम शुरु गरिएको छ । पौष महिनावाट लक्षित व्यक्तिको घरघरमा स्वास्थ्यकर्मी पुग्ने गरि व्यवस्थापन शुरु गरिएको नगरपालिकाले जनाएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु