सोलुदुधकुण्ड नगरपालिकामा कांग्रेस एमालेको प्रतिस्प्रर्धा

शिखर गजरकोटे,
सोलुखुम्बु, १७ असार

सोलुखुम्बुको एक मात्र नगरपालिका सोलुदुधकुण्ड नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेद्धार बीच रोचक प्रतिस्प्रर्धा देखिएको छ ।

१० वडा मध्ये ८ वटा वडाको मतगणना गरिसक्दा कांग्रेसका मेयर उम्मेद्धार नाम्गेलजाङबु शेर्पा एमालेका मेयर उम्मेद्धार आङईगेले शेर्पा झलक भन्दा १७१ मतले अघि देखिएका छन् । कांग्रेसको पक्षमा २३६१ मत र एमालेको पक्षमा २१९० मत रहेको छ ।

उपमेयरमा एमालेकी उम्मेद्धार कल्पना नाछिरिङ राई अघि देखिएकी छिन् । लामोसमयको कांग्रेसको अग्रतालाई तोड्दै ११५ मत सहित अग्रता हासिल गरेकी हुन् । प्रतिद्धन्द्धी कांग्रेस उम्मेद्धार छिण्डील्हमू शेर्पाको पक्षमा २२३९ मत प्राप्त हुदा एमालेकी कल्पना राईको पक्षमा २३५४ मत देखिएको छ ।

कांग्रेस एमालेको प्रतिस्प्रर्धा देखिएको नगरको वडामा पनि उस्तै रोचकता देखिएको छ । गणनामध्ये वडा नं १, २, ४ र ९ वडामा कांग्रेसका उम्मेद्धार विजयी भएका छन् भने वडा नं ३, ७, ८ र १० वडामा एमाले विजयी भएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु