सोलुदुधकुण्ड नगरपालिकाले फोहोर खरीद गर्ने

हिमाल एफ.एम.
सोलुखुम्बु, पुस २४

सोलुदुधकुण्ड नगरपालिकाले नगर क्षेत्र भित्रको फोहोर खरीद गर्ने भएको छ । मेयर नाम्गेल जाङबु शेर्पाको अध्यक्षतामा सोमबार बसेको नगर कार्यपालिकाको बैठकले फोहोर मैला व्यवस्थापनमा सघाउ पुर्याउने उद्देश्यसहित फोहोर खरीद गर्ने निर्णय लिईएको हो । फोहोर मैला व्यवस्थापनका लागि मासिक रुपमा शुल्क उठाउने सोही रकमवाट फोहोर खरिद गर्ने रणनिति अपनाईएको नगरकी प्रवक्ता शारदामाया तामाङले जानकारी दिईन् । नगरको सफाईका लागि वडा नं ४, ५ र ६ मा टोल सुधार समिति मार्फत तोकिएको फोहोर शुल्क संकन गर्ने र तोकिएको फोहोर संकलन गरि समितिलाई बुझाए खरिद गरिने प्रवक्ता तामाङको भनाई छ ।

माघ १ गतेदेखि लागु हुने निर्णय अनुसार वडा नम्बर ४, ५ र ६ का नागरिकले व्यक्तिगत घरवाट १५०, रेष्टुरेण्ट तथा होटल लज, निजी संघसंस्था र कार्यालयवाट २५० रुपौया फोहोर व्यवस्थापन शुल्क तिर्नुपर्नेछ । साप्ताहिक रुपमा वर्गीकरण गरि फोहोर उठाउदै आएको नगरपालिकाले कपडा प्याक गरेका प्लाष्टिक प्रति केजी १५०, चाउचाउ तथा बिस्कुटका खोल प्रति केजी ३००, चुइगम, चक्लेट, चाउचाउ मसलाका खोल प्रतिकेजी ५०० र भाडा वर्तन प्याक गरेका प्लाष्टिक प्रति केजी २०० मा खरीद गर्ने छ । त्यस्तै, पुराना कपडा तथा कपडाका टुक्राहरु प्रति केजी २५, पुराना किताब कापी तथा कागज जन्य वस्तुहरु प्रति केजी ५, कार्टुन तथा कागजका खोलहरु प्रति केजी २ र दुध तथा खाने तेलका खोलहरु प्रति केजी १५० मा खरीद गर्नेछ भने सिसाजन्य बोतलहरु प्रति गोटा एक देखि एक रुपैया ७५ पैसासम्म खरीद गर्ने नगरपालिकाले जनाएको छ । त्यस्तै, प्लाष्टिकजन्य बोतलका लागि प्रतिकेजी ५०, पुराना बाल्टी, पाईप तथा प्लाष्टिकजन्य वस्तुको प्रतिकेजी ३, फलाम र आल्मुनियमका पुराना धातुजन्य वस्तुको प्रतिकेजी ५ र पुराना मेसिनरी सामाग्री प्रतिकेजी ५ रुपैयाले खरिद गरिने गरि निर्णय लिईएको प्रमुख प्रशासकीय अधिकृत विजयराज सुवेदीले बताए ।

कार्यपालिकाको बैठकले प्रशासनिक विभाजनमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ग वर्गमा प्रस्ताब गरेको भन्दै क वर्गमा राख्न मन्त्रालयलाई अनुरोध गर्ने समेत निर्णय गरेको छ । वैठकले योजना सम्झौताको म्याद थप गर्दै माघ मसान्तसम्मको समयसिमा तोकिएको छ । यसअघि मंसिर मसान्तसम्मको समयावधि तोकिएको थियो । पटके सवारी कर र पार्किङ शुल्क ठेक्कावाट संकलन गर्ने, नगरपालिकाको डिजिट प्रोफाईल तयार पार्ने निर्णय लिएको छ । हेब्बी एक्यूपमेन्ट कार्यविधि स्विकृत गरेको वैठकले खानेपानी तथा ढल निकास विभागवाट प्राप्त २० लाख रकम वडा नं ४ फाप्लुमा कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!