सोलुदुधकुण्डले ग¥यो ७९९ को उद्धार, कामै नगरी उपमेयरले भ्रम फैल्याएकोमा आपत्ति

सोलुखुम्बु, वैशाख १६


सोलुदुधकुण्ड नगरपालिकाले कोरोना रोकथामका लाागि गरिएको लकडाउनका कारण राजधानीमा समस्या परेका ७ सय ९९ जनाको उद्धार गरि घरघरमा पु¥याएको छ । नगरपालिकाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै काठमाण्डौ लगायतका स्थानबाट विभिन्न समस्यामा परेका ७ सय ९९ जनालाई पाालिका ल्याउन उद्धार तथा सहजिकरण गरिएको जनाएको छ । नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाको पहलमा उद्धार तथा सहजिकरण गरिएको नगर प्रबक्ता शारदामाया तामाङद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मेयर शेर्पा ४ दिनअनवरत रुपमा काठमाण्डौमा उद्धार तथा सहजिकरणमा खटेर हालसम्म वडा नम्बर १ का ७३, वडा नम्बर २ का ३५, वडा नम्बर ३ का ४७, वडा नम्बर ४ का ५५, वडा नम्बर ५ का ३५, वडा नम्बर ६ का ५७, वडा नम्बर ७ का ३७, वडा नम्बर ८ का १२७, वडा नम्बर ९ का ५५, वडा नम्बर १० का १०३ र वडा नम्बर ११ का १७५ जना नागरिकलाई गाउँ ल्याएको प्रवक्ता शारदामाया तामाङले बताईन् । त्यसमध्ये ९६ जना आफ्नै पहल कदमीमा आएको, ३६० जना आफ्नै खर्चमा र बाँकी ४३९ जनाको सवारी खर्च मेयर शेर्पाको व्यवस्थापनमा ल्याएको बताईएको छ ।

साथै उपमेयर कल्पना राईबाट संप्रेषित भ्रमपुर्ण सूचना र समाचार प्रतिध्यानाकर्षण भएको जनाएको छ । काठमाण्डौ लगायतका विभिन्न स्थानमा रोजगारी, अध्ययन, ज्याला मजदुरीका लागि रहेका नागरिकलाई उद्धारको कामआफ्नो नेतृत्वमा गरेको भनि प्रेस नोट जारी गरि भ्रमपुर्ण र आधारहिन सूचना संप्रेषण गरेको भन्दै नगरपालिकाले राहत र उद्धार कार्यमा कुनै पनि भूमिका निर्वाह नगरेको व्यक्तिले राजनितिक जस लिन खोजेको भन्दै ध्यानाकर्षण जनाएको हो ।

विज्ञप्तीमा भनिएको छ, ‘संकटको यस घडिमा सामुहिक रुपमा उद्धार र राहातको काममा खटिनुको सट्टा नगरपालिकाको मुल नेतृत्वले गरेको कामको जस आफु घर भित्रै निश्क्रिय रुपमा बसेर लिन खोज्ने मनशायका साथ नगरपालिकाका उपप्रमुख कल्पना राईबाट ‘मैले ६३३ जनाको उद्धार गरेँ’ भन्ने आशयको भ्रमपूर्ण र आधारहिन समाचारहरु प्रति नगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको छ । नगरपालिकाको नेतृत्वले गरेको जनपक्षिय काम प्रति आत्तिएर विपदको घडिमा समेत हतास मानशिकता राखेर राजनैतिक भ्रम फैल्याउनु आफैमा घृणित कार्य हो । उद्धारको काममा कुनै भुमिका नै निर्वाह नगरि जिम्मेवार पदमा बसेर जनताको आँखामा छारो हाल्ने गैह्रजिम्मेवार काम गुर्न दुःखद कुरा हो ।’

यस अघि उपमेयर कल्पना राईले प्रेस नोट जारी गर्दै ६ सय ३३ नागरिक आफुले उद्धार गरेको जानकारी दिईएकी थिईन ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!