सोलुदुधकुण्डमा अग्नी नियन्त्रण तथा व्यवस्थापनका लागि तालिम (फोटोफिचर)

शिखर गजरकोटे
सोलुखुम्बु, २६ असोज

सोलु–दुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले आगोलागी नियन्त्रण र फोहोर व्यवस्थापन चुनौतिको विषय भएको बताउनुभएको छ । अग्नी नियन्त्रण तथा व्यवस्थापन सम्बन्धि अभिमूखिकरण तालिममा बोल्दै मेयर शेर्पाले नगरपालिका क्षेत्रमा आगोलागी नियन्त्रण प्रमुख चुनौतिकै विषय बनेकाले अग्नी नियन्त्रण तथा व्यवस्थापनको तालिम आयोजना गरेको बताउनुभएको हो । उहाँले फोहोर व्यवस्थापन पनि अर्को चुनौतिको रुपमा रहेकाले डम्पिङ साईडको खोजी कार्यलाई जारी राखेको बताउनुभयो । वातावरणीय प्रभावका दृष्ट्रिले पनि उपयुक्त क्षेत्र पहिचान नभएकाले पनि फोहोर व्यवस्थापन चुनोतिको विषय बनेको मेयर शेर्पाको भनाई छ ।

मेयर शेर्पाले बर्षेनी हुने आगोलागीको समयमै नियन्त्रण गर्न नसक्दा लाखौको क्षति व्यहोर्नु परेको तितो यर्थाथलाई स्मरण गर्दै नगरपालिकाले टोलसुधार समितिका सदस्यहरुलाई अग्नी नियन्त्रणका लागि तयारी पार्ने र आगोलागीबारे सावधानी बनाउने कार्यमा सहज रहनुपर्नेमा जोड दिनुभयो । उप–मेयर कल्पना नाछिरिङ राईले तालिमले आगोलागीका घटनामा कमी आउने र आगो नियन्त्रणमा सहजता आउने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै, निमित्त कार्यकारी अधिकृत ईन्दिरा थापाले आगोलागी नियन्त्रणका लागि बारुणयन्त्र सहित आवशयक जनशक्तिको व्यवस्थापन गर्ने अन्तिम तयारी रहेको बताउनुभयो । उहाँले बारुण यन्त्र पुग्ने अवधिसम्म क्षति कम गर्नका लागि स्थानीयमा सीपको विकास गर्नका लागि तालिमको आयोजना गरेको बताउनुभयो ।

मेयर नाम्गेल जाङबु शेर्पा

तालिमका प्रमुख प्रशिक्षक अरुण कुमार आर्चायले अग्नीनियन्त्रक लोभलालच विनाको व्यक्ति हुनुपर्नेमा जोड दिदै नगरपालिका क्षेत्रमा संभावित आगोलागीका घटना र हुनसक्ने क्षतिलाई कम गर्नका लागि तालिम फलदायी बन्न सक्ने बताउनुभयो । तालिम जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको एक समूहले प्रदान गरिरहेको छ । ३ दिन सम्म चल्ने तालिममा टोलसुधार समितिका सदस्यहरु, विभिन्न क्लब, रेडक्रस सोसाईटी, नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी लगायतको उपस्थिती रहेको छ ।

उपमेयर कल्पना नाछिरिङ
कार्यकारी अधिकृत ईन्दिरा थापा
प्रशिक्षक अरुण कुमार आर्चाय

तस्विर–शिखर गजरकोटे

Comments

comments

सम्बन्धित शीर्षकहरु