सोलुदुधकुण्डका स्वास्थ्यकर्मीलाई सुरक्षा सामाग्री वितरण

सोलुखुम्बु, चैत्र १६


कोरोना भाइरस संक्रमणको जोखिम बढेसंगै जिल्ला प्रवेश, स्थानीय तह प्रवेश, विमानस्थल, अस्पताल, स्वास्थ्य चौकी लगायतका स्थानमा हेल्थ डेक्स स्थापना गरेर विरामीको चेकजाँच भईरहेको परिस्थितीमा स्वास्थ्यकर्मीले जोखिम मोलेरै भएपनि नागरिक सेवा प्रदान गरिरहेका छन् ।

व्यक्तिगत सुरक्षा सामाग्री (पिपिइ) नहुदा स्वास्थ्यकर्मीको मनोवल गिर्दो अवस्थामा रहेका बेला सोलुदुधकुण्ड नगरपालिकाले आवश्यक सुरक्षा सामाग्री वितरण गरेको छ ।


व्यक्तिगत सुरक्षा सामाग्री (पिपिइ) पाएपछि नगरपालिका भित्रका स्वास्थ्यकर्मीले सुरक्षित महसुस गर्ने वातावरण बनेकाले निर्धक्क सेवा प्रवाहमा खट्ने बताएका छन् । हिजोसम्म विरामीको नजिक जान डराउने स्वास्थ्यकर्मी आवश्यक सुरक्षा सामाग्री पाएपछि हौसिएका छन् ।


टाप्टिङ स्वास्थ्य चौकीका अहेव असल तामाङ आवश्यकीय सुरक्षा सामाग्री पाएपछि सेवा प्रवाहमा ऊर्जा थपिएको बताउछन् । तिङला स्वास्थ्य चौकीकी रेखा श्रेष्ठले विरामीको नजिक पर्न डराउने अवस्थाको अन्त्य भएको बताए ।


संकटको यो परिस्थितीमा सोलुदुधकुण्ड नगरपालिकाले आवश्यक सामाग्री जोरजाम गर्न सफल भएको स्वास्थ्य शाखा संयोजक चमर मगरले बताए । कोरोना भाइरसको जोखिम बोकेर आउने १०–१० जना विरामीको उपचारका लागि पुग्ने सामाग्री वितरण गरेको नगरपालिकाले जनाएको छ ।


११ वडा रहेको नगरपालिका क्षेत्रमा ९ वटा स्वास्थ्य चौकी, शहरी स्वास्थ्य केन्द्र २ वटा, आधारभूत स्वास्थ्य केन्द्र ३ वटा र सामुदायीक स्वास्थ्य इकाई एक वटा रहेका छन् ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!