दाल्दु भिरबाट लडेर एक भारतीय नागरिकको मृत्यु

दिपेन्द्र पराजुली,
सोलुखुमबु, साउन ३
सोलुदुधकुण्ड नगरपालिका र नेचासल्यान गाउँपालिकाको सिमानामा रहेको दाल्दु भिरबाट लडेर एक भारतीय नागरिकको ज्यान गएको छ ।

सुस्त मनस्थिती भएका भारत आसामका जयदेव ईन्ट्रिको भिरबाट लडेर ज्यान गएको हो ।

८२ मेगावाटको निर्माणाधिन तल्लो सोलु हाईड्रोपावरमा काम गर्न आएका उनी बिहीबार दिउसो खोला किनारमा मृत अवस्थामा भेटीएका हुन् ।

स्थानियले शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लुमा राखिएको छ ।

पोष्टमार्टम पछि शवलाई आफन्तको जिम्मा लागाईने प्रहरी निरिक्षक उत्तम कार्कीले जानकारी दिए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु