सोलुखोलामा पानीको सतह बढ्यो, माथिल्लो क्षेत्रमा पहिरो गएको वा साना ताल फुटेको आशंका

सोलुखुम्बु, साउन २३


सोलु खोलामा पानीको सतह बढेको छ । शुक्रबार विहान करिब ३ बजेको पेरिफेरीबाट पानीको सतह बढेको हो । तुइनटार लघुजलविद्युत आयोजनामा कार्यरत प्राविधिक रमेश बास्तोलाका अनुसार २० देखि ३० प्रतिशत सम्म पानीको वहाव बढेको छ ।

यता, मुढासहित लेदो पानी आएपछि सल्लेरी च्याल्सा विद्युत कम्पनीको विद्युत उत्पादन करिब सवा घण्टा बन्द भएको थियो । निरन्तर लेदो सहितको धमिलो पानी आएकाले माथिल्लो क्षेत्रमा पहिरो गएको हुनसक्ने कम्पनीका एक प्राविधिकले बताए ।


जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले खोलामा लेदो सहितको पानी आएपछि माथिल्लो क्षेत्रको स्थानीयसंग बुझ्ने कोशिस भइरहेको बताएको छ । दुधकुण्ड पोखरी क्षेत्रमा साना पोखरी फुटेको वा पहिरो गएको हुनसक्ने आशंका गरिएपनि निक्यौल नभएको प्रहरी निरिक्षक मन्दिप चौहानले बताए ।


जोखिम हुनसक्ने भन्दै सोलुखोला किनारका वस्तीमा सावधानी अपनाउन सूचना जारी गरेको प्रहरीले जनाएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!