सोलुखोलामा तिन वटा जलविद्युत आयोजना द्धारा ३४अर्व वढि लागानि

सोलुखोलामा निर्माणाधिन पाँच मध्ये तिन ठुला आयोजनाले मात्र सोलु खोलामा करिव ३४ अर्व वढि लगानि लगानि गरेका छन । २१५ मेगावाटको लागि निर्माणको चरणमा रहेको पाँच मध्ये ८६ मेगावाटको सोलुखोला दुधकोशि जल विधुत आयोजनाले १३ अर्व ८६ करोड ,८२ मेगावाटको लोहरसोलु जलविधुत आयेजनाले करिव १६ अर्व र २३.५ मेगावाटको सोलुजलविधुत आयोजनाले ४ अर्व ४६ करोड लगानि गरको हो । तिन वटा मुख्य आयोजनाले मात्र एउटै खोलामा ३४ अर्व ३२ करोड लगानि गरका छन ।एउटै खोला वाट पाँच वटा आयोजना संचालन हुने भएपछि सोलुखोला उर्जा खोलाको रुपमा परिणत भएको छ ।सोदुदुधकुण्ड नगरपालिका भित्र चार वटा र थुलुङ दुधकोशि गाउपालिकाको पंचनमा निर्माणाधिन एउटा गरि हाल पाँच वटा आयोजना निर्माणको चरणमा छ ।नगपालिका भित्र १८ मेगावाटको अपरसोलु वेनि जलविधुत आयोजना र ५ मेगावाटको दोभान जलविधुत आयोजना पनि निर्माणाधिन अवस्थामा छ । करिव ५ किलो मिटर आसपासमा निर्माणाधिन आयोजना वाट उत्पादित विधुत केन्द्रिय प्रशारणमा जोड्ने लक्ष्य राखिएको छ ।८६ मेगावाटको दुधकोशि जलविधुत आयोजनामा विभिन्न ११ वटा वैङ्कले लगानि गरेका छन । जसमा सवैभन्दा वढि नेपाल इन्भेष्टमेन्ट वैङ्कले लगानि गरेको छ । १ अर्व ५०करोड वरावरको लगानि गरेको इन्भेष्टमेन्ट वैङ्क सहित कृषि विकास ,वाणिज्य र सानिमा लगायतका वैङ्कले पनि लगानि गरको जनसम्पर्क अधिकृत कैलाश निरौलाले जानकारी दिनुभयो । त्यस्तै ८२ मेगावाटको लोहर सोलु जल विधुत आयेजनामा पनि प्राईम.वैङ्क सहित अन्य आधा दर्जन वैङ्कले लगानि गरको प्रशासकिय व्यवस्थापक कविराज पौडेलले जानकारी दिनुभयो ।वैशाख देखि विधुत उत्पादन शुरु गर्ने लक्ष्य राखेको २३.५ मेगावटको सोलुजलविधुत आयोजनामा ७५ प्रतिशत विभिन्न बैँक र २५ प्रतिशत अपर सोलु हाईड्रो ईलेक्टिक कम्पनीको लगानी रहेको आयोजनाका साईट प्रशासन प्रमुख बद्रिमान श्रेष्ठले जानकारी दिनुभयो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु