सोलुखुम्बु : ४ जनाको आरडिटी रिपोर्ट पोजेटिभ

सोलुखुम्बु, असार २६

सोलुखम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका स्थित पासाङल्हामु निकोलनिकि अस्पतालमा आरडिटि परिक्षण गरिएका चार जनाको रिपोर्ट पाजेटिभ आएको छ ।

बुधबार नेचासल्यान गाउँपालिकाबाट खुम्बु गएका २ शिक्षिका र होटलमा कामगर्न खुम्बु पुगेका खोटाङका दुई पुरुषमा बिहिबार गरिएको आरिडिटि रिपोर्ट पोजेटिभ आएको हो ।

गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक अर्थिमाया तामाङका अनुसार उनीहरुलाई सोहि अस्पतालको आईसोलेसन वार्डमा राखिएको छ ।

पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको भएपनि लुक्ला विमानस्थलमा हवाई उडान नहुँदा काठमाण्डौ पठाउन समस्या भएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!