सोलुखुम्बु : ४७ वर्षिय पुरुषको भिरबाट लडेर ज्यान गयो

सोलुखुम्बु, साउन १५


सोलुखुम्बुमा भिरबाट लडेर एक पुरुषको ज्यान गएको छ ।

थुलुङ दुधकोशी गाउँपालिका ८ देउसाको चोचेली भन्ने भिरबाट लडेर सोहि वडाका मनिष भनिने ४७ वर्षिय मणिकुमार राईको ज्यान गएको हो ।

बुधबार चप्पल र खाद्यन्न किन्न पसल जान्छु भनि हिडेका राई उक्त भिरबाट सय मिटर तल खसेको अवस्थामा बिहिबार विहान १० बजेको पेरीफेरीमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

उनको सवलाई पोष्मार्टमका लागि फाप्लु ल्याईदै गरेको प्रहरी निरिक्षक मन्दिप चौहानले जानकारी दिए ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!