सोलुखुम्बु : २७ जनाको स्वाब संकलन गरि काठमाण्डौ पठाइयो


दिपेन्द्र पराजुली,
सोलुखुम्बु, जेठ १६


सोलुखुम्बुबाट २७ जनाको स्वाब संकलन गरेर पिसिआर परिक्षणका लागि राष्ट्रिय प्रयोगशाला टेकु पठाइएको छ ।

शुक्रबार कोरोना संक्रमितको परिवार र उनको उपचारमा संलग्न स्वास्थ्यकर्मीको स्वाब संकलन गरि पठाइएको हो ।

सोलुदुधकुण्ड नगरपालिका ८ केरुङका संक्रमित युवाको परिवार सहित उनको सम्पर्कमा आएका अन्य गरि १३ जनाको शुक्रबार दिउँसो स्वाब संकलन गरि काठमाण्डौ पर्ठाएको नगर स्वास्थ्य शाखा संयोजक चमर मगरले जानकारी दिए ।

यता, कोरोना संक्रमितको उपचार गरिएको जिल्ला अस्पताल फाप्लुका १२ जना स्वास्थ्यकर्मी सहित अन्य दुई जना गरि १४ जनाको स्वाब परिक्षणका लागि काठमाण्डौ पठाइएको अस्पतालकी निमित्त कार्यालय प्रमुख सानी शेर्पाले बताईन् ।

यसैबीच, शुक्रबार दिउँसो गरिएको आरडिटि परिक्षणमा ४८ जनाको रिपोर्ट नेगटिभ आएको छ । कोरोना भाईरस संक्रमित युवा लगायत केरुङ क्षेत्रका शंकास्पद व्यक्तिमा गरिएको ¥यापिड डाईनोष्टिक टेस्ट रिपोर्ट नेगेटिभ आएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!