सोलुखुम्बु : १३ जना मध्ये ६ जनाको पिसिआर रिर्पोट नेगेटिभ

सोलुखुम्बु, जेठ २०


सोलुदुधकुण्ड नगरपालिका ८ केरुङ (चाँगेटार)का एक यूवकमा कोरोना पोजेटिभ देखिएपछि उनको परिवारका सदस्य र उनीसंग सम्पर्कमा रहेका १३ जनामध्ये ६ जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको छ । बाँकी ७ जनाको पिसिआर रिर्पोट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ ।


यसअघि संक्रमित यूवकको उपचारमा संलग्न जिल्ला अस्पताल फाप्लुका चिकित्सक सहित अन्य स्वास्थ्यकर्मी र एक विरामी गरि १२ जनाको पिसिआर रिर्पोट पनि नेगेटिभ आएको थियो । संक्रमित यूवालाई विराटनगरको कोभिड अस्पतालमा पठाइएको छ ।


जिल्लामा अहिले ३२ जना क्वारेन्टीनमा रहेका छन् भने हालसम्म ३०८ जनाको आरडिटी परीक्षण गरिएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!