सोलुखुम्बु : स्वास्थ्यकर्मी सहित १२ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

दिपेन्द्र पराजुली,
सोलुखुम्बु, जेठ १८


सोलुखुम्बुबाट पिसिआर परिक्षणका लागि पठाईएका १० स्वास्थ्यकर्मी सहित १२ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

सोलुदुधकुण्ड नगरपालिका ८ केरुङका २७ वर्षिय कोरोना संक्रमित व्यक्तिको उपचारमा संलग्न तथा परिवार सहित संसर्गमा रहेका २७ जनाको पिसिआर परिक्षणका लागि पठाईएको थियो ।

राष्ट्रिय प्रयोगशाला काठमाण्डौमा गरिएको स्वाब परिक्षणमा उनीहरुमध्ये स्वास्थ्यकर्मी, कर्मचारी र विरामी गरि १२ जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल फाप्लुकी निमित्त कार्यालय प्रमुख सानी शेर्पाले जानकारी दिईन् ।

अन्यको रिपोर्ट आउनबाँकि रहेको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!