सोलुखुम्बु : सोलावनका ७७ घरधुरी ६ महिनादेखी अन्धकारमा

सोनी राई,
सोलुखुम्बु, साउन १३


सोलुखुम्बुको माप्य दुधकोसी गाँउपालिका ७ सोलावनका नागरिकहरु करिब ६ महिनादेखी अन्धकारमा बस्न बाध्य बनेका छन् ।

साढे सात किलोवाट क्षमताको पेल्ट्रिकसेटको इन्जिनमा खराबी आएको र समयमा मर्मत हुन नसक्दा सोलावनका ७७ घरधुरी अन्धकारमा छन् ।

विद्युत मर्मतका लागि काठ्माडौबाट इन्जिनियर बोलाईएको भएपनि लक डाउनका कारण समयमा मर्मत हुन नसकेको एक स्थानीय पासाङ शेर्पाले गुनासो गरे । पुरा गाँउनै अन्धकार बन्दा दाउरा, टुकी र सोलारको भरमा रात कटाउनु पर्ने समस्या रहेको उनको भनाई छ ।

उक्त गाँउ पहिरोको समेत जोखिममा रहेकाले आपतकालिन अवस्थामा कसैलाई सम्पर्क गर्न सक्ने समेत अवस्था नरहेको जनाईएको छ । यता गाँउपालिकाकी उपाध्यक्ष जुनिता माया मगरले भने यस विषयमा आफुलाई कुनै जानकारी नै नभएको बताईन् ।

यद्यपी, चालु आर्थिक वर्ष २०७७÷७८ मा गाँउपालिकाले उज्यालो माप्य अभियान साकार पार्नका लागि नेपाल विद्युत प्राधिकरणको समन्वयमा ग्रामिण विद्युतीकरणको तयारी गरेको छ

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!