सोलुखुम्बु : सिस्नेरी पहिरोले कोरोना संक्रमितलाई छेक्यो

सोलुखुम्बु, साउन १४


सोलुखुम्बुको सिस्नेरी भिरमा पहिरो खसेर सडक अबरुद्ध हुँदादुई कोरोना संक्रमितलाई जिल्ला अस्पताल फाप्लु फर्काइएको छ ।

साउन ११ गते कोरोना पुष्टि भएका सोलुदुधकुण्ड नगरपालिका ४ फाप्लु र वडा नं ११ तिङलाका पुरुषलाई उपचारका लागि पुर्वाञ्चल विश्व विद्यालय मोरङ पठाईएको भएपनि सिस्नेरीमा पहिरो खसेपछि उनीहरुलाई फकाईएको हो ।

जिल्ला अस्पताल फाप्लुकी निमित्त कार्यालय प्रमुख सानी शेर्पाका अनुसार अहिले उनीहरुलाई आईसोलेसन वार्डमा राखिएको छ ।

बुधबार विहानै सदरमुकामबाट उनीहरुलाई लगिएको भएपनि साँझसम्म पहिरोले बाटोे नखुलेपछि फकाईएको स्वास्थ्य कार्यालय सोलुखुम्बुका निमित्त कार्यालय प्रमुख कर्मचन्द राजवंशीले जानकारी दिए । उनीहरुलाई बिहीबार उपचारका लागि पठाईने छ ।

यता, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक मन्दिप चौहानले सिस्नेरीमा अबरुद्ध सडक जेसिबिको प्रयोग गरि साँझबाट सुचारु बताए ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!