सोलुखुम्बु : संघीय सांसद राईको पहलमा थपियो १० करोड

सोलुखुम्बु, जेठ १८


सोलुखुम्बुबाट निर्वाचित संघीय सांसद हेमकुमार राई ‘सुरविर’को पहलमा चालु आर्थिक बर्षमै भौतिक पुर्वाधारमा १० करोड रकम प्राप्त भएको छ । विभिन्न ५ वटा सडकको लागि भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय मार्फत १० करोड बजेटको टेण्डर प्रकृया समेत पुरा भएको हो ।


तिंङलाबाट सल्यान हुँदै नेचा फुर्के पुग्ने सडक, ओखलढुंगा विप्लाटे हुँदै गैरी, तिंला–जोरबौद्ध हुँदै थुलुङ दुधकोशी–महाकुलुङ सडक र सल्लेरीबाट सलेगुडी डाँडा हुँदै बासा खरिखोला–खुम्बु सडकको लागि उक्त बजेट खर्च हुनेछ ।


जिल्लाको सडक सञ्जाल सुदृढिकरणको लागि आफुले उक्त बजेटको लागि पहल गरेको सांसद राईले बताए । सांसद राईका अनुसार उक्त बजेटको ठेक्का सम्झौता भएको र चाँडै काम समेत शुरु हुनेछ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!