सोलुखुम्बु : वन्यजन्तु धपाउन यन्त्र वितरण

सोलुखुम्बु, साउन १९


वन्यजन्तु र मानव द्धन्द्ध कम गर्नका लागि डिभिजन वनकार्यालय सोलुखुम्बुले बाँदर धपाउन प्रयोगमा आएको यन्त्र वितरण गरेको छ ।


२५ हजारको लागतमा वन्यजन्तु धपाउनका लागि प्रयोग गरिने बन्दुक जस्तै ठुलो आवजमा पड्किने यन्त्र राष्ट्रिय आविस्कार केन्द्रबाट खरिद गरि वितरण सुरु गरेको हो ।

प्रतिगोटा २ हजार ५ सयका दरले १० थान खरिद गरिएको यन्त्र सोलुदुधकुण्ड नगरपालिका ३ तामाखानी वडालाई २ वटा र सोही नगरपालिका २ बेनी वडालाई एक थान हस्तान्तरण गरिसकिएको छ ।


बाँकी यन्त्र सोलुदुधकुण्ड नगरपालिकाको वडा नं ५,६ र ७ लाई र सोताङ गाउँपालिकालाई वितरण गरिने छ ।


जिल्लाको तल्लो क्षेत्रका विभिन्न ठाउँर बाँदर र माथिल्लो क्षेत्रमा भालुको आतंकबाट कृषक आजित बनेको समयमा डिभिजन वनले बालीनाली क्षति कम गर्नका लागि उपकरण खरिद गरि वितरण सुरु गरेको हो । प्रभावकारीताको आधारमा थप्दै जाने कार्यालयको भनाई छ । बर्षेनी जिल्लामा भालुको आक्रमणबाट धनजनको क्षति हुदै आएको छ ।


यसैबीच, डिभिजन वनकार्यालय सोलुखुम्बुले १२ हजार फलफुलका विरुवा वितरण गरेको छ । बर्खाको समयमा सजिलै सार्न सकिने भएकाले काभ्रेबाट करिब १० लाखको लागतमा खरिद गरि ल्याईएको विभिन्न जातका फलफुलका विरुवा कृषकलाई वितरण गरिएको हो । सुन्तलाका ५ हजार, कागतीका ५ हजार ८ सय, दन्ते ओखरका ५ सय र टिम्बुरका ७ सय विरुवा जिल्लाका कृषकलाई वितरण गरिएको हो ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!