सोलुखुम्बु : लोखिममा बजार अनुगमन

सोलुखुम्बु, जेठ १७


सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ९ लोखिममा बजार अनुगमन गरिएको छ ।

शनिबार गाउँपालिका उपाध्यक्ष सविता राईको नेतृत्वमा ११ वटा पसलमा गरिएको अनुगमनमा लकडाउन अघि र पछि दैनिक उपभोग्य वस्तुको मुल्यमा अन्तर नदेखिएको र छिटफुट रुपमा चिया रङ, डाल्डा, लाली पप, बिस्कुट, खुर्सानी, चाउचाउ ,पुर्णिमा मसला, कुकिज, ग्लुकोज, दाल जस्तो खाद्य बस्तु र केही श्रृङ्गारका सामाग्रीहरुमा म्याद गुज्रिएको पाइएकोले उक्त सामाग्रीहरुलाई जफत गरी नस्ट गरिएको वडाअध्यक्ष भुपाल सिं राईले जानकारी दिए ।

यसअघि नेपाली कांग्रेस लोखिमले बजारमा कालोबजारी बढेको भन्दै वडा कार्यालयलाई ज्ञापनपत्र बुझाएको थियो ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!