सोलुखुम्बु : लकडाउन लागु भएपछि २१ जनाको ज्यान गयो

सोलुखुम्बु, जेठ २०

लकडाउन लागु भएपछि आत्महत्या र भवितव्य घटनामा सोलुखुम्बुका २१ जनाको ज्यान गएको छ ।

कोरोना भाईरस संक्रमण जोखिम कम गर्नका लागि चैत्र ११ देखि लागु गरिएपछि अहिलेसम्म १० जनाले आत्महत्या गरेका हुन् भने ११ जना मृत फेला परेका छन् ।

लकडाउनको समयावधिमा आत्महत्या गर्नेहरुमा महिला भन्दा पुरुषको संख्या बढि रहेको छ ।

विभिन्न कारणले ४ महिला र ६ पुरुषले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

विभिन्न स्थानमा फेला परेका ११ जनाको मृत्युको कारण खुलेको छैन । घटनाबारे अनुसन्धान भैरहेको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!