सोलुखुम्बु : लकडाउनका कारण अलैँची बिक्रि भएन, किसान चिन्तित्

सोलुखुम्बु, भदौ २२


लकडाउनका कारण अलैँची बिक्रि नभएपछि सोलुखुम्बुका कृषक चिन्तित बनेका छन् ।

जिल्लाको सबैभन्दा बढि अलैँची उत्पादन हुने क्षेत्र महाकुलुङ, माप्यदुधकोशी र लिखुपिकेका कृषक चिन्तित बनेका हुन् ।

गत वर्ष उत्पादन भएको अलैँची लकडाउन भएपछि बिक्रि हुने आश मरेको लिखुपिके गाउँपालिका ४ तादिङका कृषक सुदर बहादुर बस्नेतले बताए ।

अलैँचीमा रोग लागेपछि उत्पादन घटेको भएपनि उत्पादन भएको अलैँची बिक्रि नहुँदा समस्या भएको बस्नेतको भनाई छ । आफुले उत्पादन गरेको करिब १० मन अलैची भण्डारण गरेको राखेको उनको भनाई छ ।

लकडाउनभन्दा अघिको समयमा ठेकेदारले पेस्की स्वरुप केहि रकम दिएर अलैँची लैजाने भनेपनि अहिलेसम्म अलैँची लिन नआउदा चिन्ता बढेको लिखुपिके स्थित पहिरेखोला कृषि समहुका अध्यक्ष इक्त बहादुर कार्कीले बताए ।

अलैँचीलाई नै मुख्य बाली बनाएर बर्षौ देखि खेति गर्दै आएका महाकुलुङ गाउँपालिका ५ चाचालुङका कृषक पनि चिन्तित बनेका छन् । बिक्रि नभएपछि अलैँची भण्डारण गरि राखिएको चाचालुङका पविन राईले बताए ।

अलैँची उत्पादनमा उत्साह जागेर गाउँका सबैले अलैँची खेति गर्न सुरु गरेको भएपनि मुल्य घट्दा र बिक्रिका लागि समस्या हुँदा निरुत्साहित बनेको माप्यदुधकोशीका भिम मगरले बताए ।

जिल्लाबाट प्रति मन १ लाखसम्ममा विक्रि भएको नजिर रहेको अलैँची अहिले प्रति मन २५ हजारमा पनि विक्रिका लागि धौ धौ पर्ने कृषकहरुको गुनासो छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!