सोलुखुम्बु : मोटरसाईकल दुर्घटनामा २ घाईते

सोनि राई
सोलुखुम्बु, मंसिर १४

सोलुदुधकुण्ड नगरपालिका ११ तिङंला बेलीडाडामा मोटरसाईकल एक आपसमा ठोक्किदा चालकद्धय घाईते भएका छन् ।

शनिबार विहान ओखलढुंगाबाट सल्लेरी तर्फ आउदै गरेको ना. ४६ प. ३३२४ नम्बरको मोटरसाईकल र तिङला रमितेबाट बेलीडाँडा तर्फ जादै गरेको बा.८ प. ९४८६ नम्बरको मोटरसाईकल बेलिडाँडाको घुम्तीमा एक–आपसमा ठोक्किदा बेलीडाडाका बर्ष १६ का कमल मगर गम्भिर घाईते भएका छन् भने अर्का चालक बर्ष ३२ का केशव पौडेल सामान्य घाईते भएका छन् ।

घाईते दुबै जनालाई उपचारको लागि ओखलढुंगाको मिसन अस्पताल पठाईएको सोलुखुम्बु ट्राफिक प्रहरीले जनाएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु