सोलुखुम्बु : मोटरसाईकल दुर्घट्नामा घाईते भएका शेर्पाको उपचारका क्रममा मृत्यु

सोलखुुम्बु, साउन १८


सोलुखुम्बुको सोताङमा मोटरसाईकल दुर्घट्नामा परि घाईते भएका एक जनाको उपचारको क्रममा ज्यान गएको छ ।


सोताङ गाउँपालिका ५ शिवटार बजारमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटनामा परि घाईते भएका सोहि गाउँपालिका ४ चित्रेका २६ वर्षिय लोप्साङ शेर्पाको काठमाडौको टिचिङ अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।


साउन १४ गते घाईते भएका उनी प्राथमिक स्वास्थ्य केन्द्र सोताङमा उपचार पश्चात घर फर्किएका थिए ।
अवस्था जटिल बनेपछि उनलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौ लगिएकोमा उपचारकै क्रममा आईतबार विहान करिब ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!