सोलुखुम्बु : मेयर सहित विदेशबाट फर्केका ३७ जनाको स्वाब संकलन

सोलुखुम्बु, साउन ३०


सोलुखुम्बुबाट ३७ जनाको स्वाब संकलन गरिएको छ ।

सोलुदुधकुण्ड नगरपालिकाले व्यवस्थापन गरेको फाप्लु (यर्मादिङ) स्थित क्वारेन्टीनमा रहेका ३४ जना, क्वारेन्टीन व्यवस्थापनमा खटिएका २ जना र मेयर नाम्गेल जाङबु शेर्पाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरेको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ ।

क्वारेन्टीनमा रहेका ३४ जना वैदेशिक रोजगारीबाट विभिन्न मितिमा जिल्ला फर्केका थिए । संकलित स्वाब परीक्षणका लागि भोली विराटनगर पठाइदैछ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!