सोलुखुम्बु : माप्य दुधकोशीकोे साँढे ३२ करोड बजेट सिलिङ सार्वजनिक

सोलुखुम्बु, असार ११


सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकाले आगामि आर्थिक वर्ष २०७७-७८ का लागि ३२ करोड ४१ लाख भन्दा बढिको बजेट सिलिङ सार्वजनिक गरेको छ ।


गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईको अध्यक्षतामा बुधवार सम्पन्न छैटौ गाउँसभाबाट ३२ करोड ४१ लाख ४३ हजार ३८० रुपैया बजेटको सिलिङ सार्वजनिक गरिएको हो ।


संघीय सरकारको वित्तीय समानिकरण अनुदानबापत दश करोड २२ लाख रहेको छ, भने प्रदेश समानिकरण अनुदान ७० लाख २५ हजार, प्रदेश राजस्व सवारी साधन करवापत १८ लाख ११ हजार बजेटमा समाबेश गरिएको छ ।

त्यस्तै, संघ राजस्व बाडफाँड ६ करोड ७ हजार ३८०, पर्यटन रोयल्टीवापत २० लाख रहेको छ भने गाउँपालिकाको आन्तरिक स्रोत तथा राजस्व २५ लाख रहेको छ । त्यसमाथी सशर्त अनुदान वापत १४ करोड ८६ हजार जोडिएको छ । आर्थिक बिकास क्षेत्रमा १ करोड ५९ लाख ५० हजार, सामाजिक बिकास क्षेत्रमा १ करोड ९३ लाख ५० हजार, पूर्वधार बिकास क्षेत्रमा १० करोड ६८ लख ५० हजार रुपैया बिनियोजन गरिएको प्रमुख प्रशासकिय अधिकृत दिनेश राईले बताए ।


त्यस्तै, नयाँ बजेटमा गाउँपालिकाको प्रशासनिक भवन निर्माणलाई बिशेष जोड दिइएको छ ।

गाउँपालिकाले आफ्नो भवनको लागि बजेटको ब्यबस्था गर्न सकेको थिएन । गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा गाउँपालिकाकै गौरबको आयोजना तथा पूर्वधार बिकास, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्यलगायतलाई बिशेष प्रथमिकतामा राखेको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!