सोलुखुम्बु : बेनीखोला हाइड्रोको निर्माण स्थलमा ढुंगामुढा, जस्तापाता, ड्रम र पाइपमा क्षति

सोलुखुम्बु, साउन १३

सोलुदुधकुण्ड नगरपालिका क्षेत्रमा सोलु खोलामा निर्माणाधिन बेनीखोला हाइड्रोपावरका संरचनामा प्रभावित क्षेत्रका स्थानीयले ढुंगामुढा गरेको प्रहरीले जनाएको छ ।

मंगलबार दिउँसो २:३० बजेको समयमा घरेलु हतियार सहित मादक पदार्थ सेवन गरि आएका ५०–६० जनाको समूहले ढुंगामुढा गरेको सूचनाको आधारमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

ढुंगा मुढाबाट हाइड्रोको गोदाममा छाएको जस्तापाता, ड्रममा क्षति पुगेको छ भने पाइप काटिएको छ ।

प्रहरीका अनुसार सघर्ष समितिका संयोजक मिलन पुलामी मगरको नेतृत्वमा आएको टोलीले प्रभावित स्थानीयको माग पुरा नगरि कामजारी राखिएको भन्दै ढुंगामुढा गरेको थियो । घटनामा संलग्न व्यक्तिलाई खोजीजारी राखिएको र कानुनी दायरामा ल्याइने प्रहरी निरिक्षक मन्दिप चौहानले जानकारी दिए ।

सघर्ष समितिले स्थानीयको माग सम्बोधन नगरेसम्म काम रोक्नुपर्ने बताउदै आएको छ। सामाजिक उत्तरदायित्ववापतको काम नगरेको भन्दै १३ बुँदे माग राख्दै आएका तामाखानीका स्थानीयले दबाब दिएको एक स्थानीयले बताए । तर मादक पदार्थ सेवन गरेर ढुंगा हानेको सूचना गलत भएको सघर्ष समितिका सदस्य श्याम मगरले बताए ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!