सोलुखुम्बु : बर्षाको कारण किविको फल झर्ने समस्या

सोलुखुम्बु, साउन २१


समयमै मनसुन शुरु भएपछि निरन्तर परेको बर्षाका कारण सोलुखुम्बुका किवि कृषकलाई घाटा बनाएको छ । कृषकहरुका अनुसार ९० प्रतिशत किविको फल खसेको छ । भर्खर फल हुर्कदै गरेको समयमा निरन्तर परेको बर्षाको कारण किविको डाँठ कुहिएर फल खसेको थुलुङ दुधकोशी गाउँपालिका ९ लोखिमका किवि कृषक छिरिङ तेन्जी शेर्पाले जानकारी दिए ।

उनले ३० रोपनी क्षेत्रफलमा लगाएको किवि मध्ये ५० बोटमा बाक्लो फल बसेपनि निरन्तरको बर्षाका कारण डाँठ कुहिएर झर्ने समस्या देखिएको बताए । त्यस्तै, सोलुदुधकुण्ड नगरपालिका ४ फाप्लु छुनाक्पुका किवि कृषक सोनाम लामाले पनिलामो समयदेखिको आकाशे पानीले किवि उत्पादनमा असर पारेको बताए ।

अधिकांश किविको फल डाँठ कुहिने समस्यापछि खसेकाले उत्पादनमा गिरावट आउने चिन्ताले सताएको कृषक लामाको भनाई छ ।

उनले तिन सय बोट किवि लगाएका छन् । यद्यपी, सोलुदुधकुण्ड नगरपालिका ७ का अगुवा किवि कृषक जाङबु शेर्पाले आफ्नो किविमा भने बतिला झर्ने समस्या नदेखिएको बताए । सोलुखुम्बुमा सयौँ हेक्टरमा किवि खेति हुदै आएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!