सोलुखुम्बु प्रहरी प्रमुखमा थापा

बिक्रम श्रेष्ठ । १५ गते , साउन ।
सोलुखुम्बुका प्रहरी नायब उपरिक्षक बद्रीबिक्रम थापाले आगामी मंसिरमा हुने संबिधान सभाको चुनाबका लागी सुरक्षा ब्यबस्था मझबुद बनाउने बताउनुभएको छ । हिजो मात्रै सोलुखुम्बुको प्रहरी कार्यलयको जिम्मेवारी सम्हाल्नुभएका डिएसपी थापाले आज हिमाल एफ एम भ्रमण तथा परिचयात्मक कार्यक्रममा बोल्नुहुदै सोलुखुम्बुको सुरक्षा अबस्थालाई बुझेर आफुले रनणीति बनाउने बताउनुभयो ।
आगामी मंसिर ४ गतेलाई लागी तय भएको चुनाबलाई केन्द्रीत गरी क्षेत्रीय प्रहरी प्रमुखहरुको भेलाले हिजो मात्रै सुरक्षा रणनिति तय गरेको अबस्थामा जिल्लामा पनि सबै सरोकारवाला पक्षहरु संग छलफल गरी चुनाबी बाताबरण तयार पार्न आफ्नो तर्फबाट कुनै कसुर बाँकी नराख्ने बताउनुभयो ।
फाप्लु स्थीत हिमाल एफ एमको स्टुडियो भ्रमण गर्नुहुदै प्रनाउ थापाले एफ एमबाट प्रसारण हुने समाचार तथा कार्यक्रम, सोलुखुम्बुमा संचार र संचारकर्मीहरुकोे अबस्था तथा चुनौतीबारे पनि जिज्ञासा राख्नुभएको थियो ।
पुर्बाञ्चल क्षेत्रिय प्रहरी कार्यलय बिराटनगर तथा ताप्लेजङ जील्लामा डिएसपिको रुपमा जीम्मेवारी सम्हाली सक्नुभएका थापाले सोलुखुम्बुको प्रहरी सुरक्षा सम्हाल्नुभएको छ । गत ६ गते सोलुखुम्बुका लागी उहाँले पत्र बुझ्नुभएको थियो । यस अघिका प्रहरी नायब उपरिक्षक सुदनसिंह बस्नेतको सरुवा भएपछि बद्री बिक्रम थापा सोलुखुम्बु आउनुभएको हो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु