सोलुखुम्बु : प्रहरी परिचर माथी अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका दुई युवक धरौटीमा रिहा

दिपेन्द्र पराजुली,
सोलुखुम्बु, जेठ २१

सोलुखुम्बुका प्रहरी परिचरलाई अभद्र व्यहार गरेको आरोपमा पक्राउ परेका नेचासल्यान गाउँपालिका २ सल्यान खाल्पाका २ युवक धरौटीमा रिहा भएका छन् ।

गत जेठ १ गते सल्लेरीबाट सल्यान गएका प्रहरी परिचर रिन्जी शेर्पालाई खाल्पामा सडकमै सवारी साधन रोकेर अभद्र व्यवहार गरेको आरोपमा जेठ २ गते पक्राउ परेका ३० वर्षिय सन्तोष राई र २७ वर्षिय मिनबहादुर खड्कालाई ७–७ हजार रुपैयाँ धरौटीमा रिहा गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयले एक महिनाका लागि धरौटी राखेर छाडेको हो ।

अभद्र व्यवहार गरिएका भनिएका व्यक्ति रिन्जी अहिले पनि वेपत्ता छन् । उनको खोजि कार्य जारी राखिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी शाहीले जानकारी दिईन् ।

यद्यपी, स्थानीय स्रोतका अनुसार वेपत्ता भनिएका प्रहरी परिचर खाल्पा क्षेत्रमै लुकेर बसेको बताएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!