सोलुखुम्बु : पाँचपोखरीमा मेला (फोटो सहित )

सोलुखुम्बु, साउन ११


सोलुखुम्बुको पर्यटकीय तथा धार्मिकस्थल पाँच पोखरीमा लागेको मेलामा करिब ३ हजार दर्शनार्थीहरुले दर्शन गरेका छन् ।

महाकुलुङ गाउँपालिका २ र ३ को सिमानामा अवस्थित पाँचपोखरीमा नाग पञ्चमीको अवसर शनिबार लागेको मेलामा करिब ३ हजार दर्शनार्थी पुगेको संवाददाता चतुर कुलुङले बताए ।

पाँचपोखरीमा महाकुलुङ, सोताङ र भोजपुर लगायतका स्थानका सर्वसाधारण पुगेका हुन् ।

कुलुङका अनुसार पहिलो पटक सो क्षेत्रमा सबैभन्दा बढि दर्शनार्थी पुगे । लकडाउन र कोरोना कहरका बिच पनि धाँमिझाँक्री सहितभक्तालुहरु पाँच पोखरी पुगेका थिए । त्यहाँ साना ठुला गरि ५ वटा पोखरीहरु रहेका छन् ।

यी पोखरीहरुलाइ पारिवारिक नाताको सम्बन्धको रुपमा बर्णन गर्ने गरिएको छ । सबैभन्दा ठुलो पोखरीलाइ बुढा ताल अथवा बुबा पोखरीको रुपमा भक्तजनहरुले पुज्ने गरेका छन् ।

सोही पोखरीबाट बग्ने पानी करिब १ सय मिटर तल अर्काे पोखरीमा पुग्छ । जस्लाइ बुढी पोखरी अथवा आमा पोखरीको नामबाट नामांकरण गरिएको छ । यस्तै बुबा पोखरीबाट बगेको पानी नजिकैको अर्काे पोखरीमा पुग्दछ । जुन पोखरीलाइ छोरा पोखरीको नामले चिनिन्छ ।

सोही पोखरीबाट बगेको पानी नजिकैको अर्काे पोखरीमा पुग्दछ, जस्लाई बुहारी पोखरीको नामले चिनिएको छ । यस्तै पाँचौ पोखरी कमरा पोखरीले चिन्ने गरिएको छ । नजिकमा कुनै मानब बस्ती नभएकोले यस पोखरीको जललाइ निक्कै चोखो मान्ने गरिएको छ ।

पोखरीको दर्शन गरेमा मनोकांक्षा पुरा हुने, निसन्तानको समस्या हल हुने, धन माग्नेले पैसा गाईभैसीको दुध चढाउने र विद्या माग्नेले कापि कलम चढाउने प्रचलन रहिआएको संवाददाता कुलुङले बताए ।

शनिबार महाकुलुङ गाउँपालिका अध्यक्ष साँगर किराँति, उपाध्यक्ष विपना कुलुङ, विभिन्न वडाका वडाध्यक्ष लगायतको टोली समेत सो क्षेत्रमा पुगेको थियो ।

तस्वीर :- चतुर कुलुङ

तस्वीर :- चतुर कुलुङ
तस्वीर :- चतुर कुलुङ
तस्वीर :- चतुर कुलुङ
तस्वीर :- चतुर कुलुङ
तस्वीर :- चतुर कुलुङ
तस्वीर :- चतुर कुलुङ
तस्वीर :- चतुर कुलुङ
-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!