सोलुखुम्बु : पर्यटन रोयल्टी बापतको करिब २१ करोड ४ वर्षदेखि थन्कियो

सोलुखुम्बु, असार २३


सोलुखुम्बुमा तत्कालीन जिल्ला विकास समितिलाई संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले पठाएको करिब २१ करोड रुपैया चार वर्ष देखि थन्किएको छ ।


कार्यविधि अभाव र सरकारले जिल्ला समन्वय समितिलाई खर्च गर्ने अधिकार नदिँदा पर्यटन रोयल्टी बापतको करिब २१ करोड थन्किएको हो । सोलुखुम्बुले आर्थिक वर्ष ०७२–७३ मा रोयल्टी बापत ४० करोड भन्दा बढी बजेट पाएको थियो ।

जसमध्ये तत्कालिन जिविसले आधाभन्दा बढि रकम पनि खर्च गरेको थिएन । करोडौ रोयल्टी रकम जिल्ला समन्वय समितिको खातामा थन्किएको छ ।

जिल्ला विकास समितिले विभिन्न विकासका योजनामा रोयल्टीको रकम विनियोजन गरेर खर्च गर्दै आएको थियो ।

जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुखवीर कुमार राईले यसपाली पर्यटन मन्त्रालयले उक्त बजेट खर्च गर्ने कार्यविधी पठाएकाले बजेट बाँडफाँड गर्ने बताए ।

स्थानीय सरकार प्रमुख सँगको छलफल पश्चात उक्त रोयल्टी गाउँपालिका तथा वडाको प्रशासनिक भवनमा निर्माणमा खर्च गरिने राईको भनाई छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!