सोलुखुम्बु : नेचासल्यान गाउँपालिकाका सिमा नाकामा कडाइ


सोलुखुम्बु, जेठ १६


सोलुदुधकुण्ड नगरपालिकामा कोरोना भाईरस संक्रमण देखिएपछि नेचासल्यान गाउँपालिकाले सिमानाकामा कडाइ गरेको छ ।

नगरपालिका ८ केरुङमा एक युवामा कोरोनाभाईंरस संक्रमण पुष्टि भएपछि गाउँपालिकामा कोरोना संक्रमणको जोखिम बढेको भन्दै सिमा नाकामा कडाइ गरिएको हो ।

शुक्रबार देखि गाउँपालिकाका सम्पुर्ण सिमानाकामा स्वयंसेवक युवा, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी परिचालन गरिएको सहकर्मी धनकुमार ढुंगेलले जानकारी दिए ।

सोलुदुधकुण्ड नगरपालिकासँग सिमाना जोडिएको दाल्दु, गैरी, ओखलढुंगाको चिसंखुगढि गाउँपालिकासँगको संगम स्थल चिसापानी, थुलुङदुधकोशी गाउँपालिकासँग जोडिएका विभिन्न स्थानमा कडाइ गरिएको छ । लकडाउनको उलंघन गरि सवारी सञ्चालन भएको पाईएपछि गाउँपालिकाले अत्यावश्यक बाहेकका सबै सवारी आवत जावतमा रोक लगाएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!