सोलुखुम्बु : धमाधम सरकारी कार्यालयको आन्तरिक लेखा परीक्षण

सोलुखुम्बु, साउन १२


कोष तथा लेखा नियन्त्रक कार्यालय सोलुखुम्बुले सरकारी कार्यालयको आन्तरिक लेखा परीक्षण गरिरहेको छ ।

गत आर्थिक वर्ष २०७६–७७ को जिल्लाका आठ स्थानीय सहित विभिन्न सरकारी कार्यालयको आन्तरिक लेखा परिक्षण सुरु गरेको हो ।

जिल्लाका ४१ वटा सरकारकी कार्यालयमध्ये १८ वटा कार्यालयको लेखा परीक्षण सकिएको छ । स्थानीय तहको खर्च विवरण कानुन संगत भए–नभएको यकिन गर्न र सुझाव दिन कार्यालयले लेखा परिक्षण सुरु गरेको हो ।

सबै सरकारी कार्यालयको लेखा परीक्षण सकिएपछि प्रतिवेदन बनाइनेछ ।

हालसम्म जिल्ला अदालत, जिल्ला प्रंशासन, कृषि ज्ञान केन्द्र, राष्ट्रिय पुनननिर्माण प्राधिकरण जिल्ला अयोजना कार्यान्वयन ईकाई शिक्षा, आयुर्वेद केन्द्र, बागबानी केन्द्र फाप्लु, राष्ट्रिय अनुसन्धान केन्द्र सल्लेरी, जिल्ला कारागार लगायतका कार्यालयका लेखा परीक्षण सकिएको कोष तथा लेखा नियन्त्रक कार्यालयका सुचना अधिकारी नविन राईले बताए ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!