सोलुखुम्बु : थुलुङ दुधकोशीमा खेलग्राम शिलान्यास


सोलुखुम्बु, जेठ १८


सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा सुविधा सम्पन्न खेलग्रामको शिलान्यास गरिएको छ ।

गाउँपालिका अध्यक्ष असिम राईले आइतबार वडा नं ६ मुक्ली मैदेलका स्थानीयले निशुल्क उपलब्ध गराएको ३२ रोपनी क्षेत्रफलमा निर्माण हुने गरि खेलग्रामको शिलान्यास गरेका हुन् ।

शिलान्यास कार्यक्रममा अध्यक्ष राईले खेलकुदको केन्द्र निर्माणका लागि निशुल्क जग्गा प्रदान गर्ने स्थानीयलाई धन्यवाद दिए ।

१६ करोड ९७ लाख १५ हजार सात सय ७६ रुपैयाँको लागतमा इन्डोर र आउटडोर खेलहरु खेल्न सकिने ग्रामको संरचना बन्ने गाउँपालिकाले जनाएको छ ।

क्रमागत योजनामा सूचीकृत खेलग्राम निर्माणको लागिचालु आर्थिक बर्षमा युवा तथा खेलकुद मन्त्रालयबाट ५० लाख बजेट प्राप्त भएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!