सोलुखुम्बु : तिङलामा अस्थायी प्रहरी चौकी स्थापना

सोलुखुम्बु, साउन १२


सोलुदुधकुण्ड नगरपालिका ११ तिङला (रमिते)मा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ ।

नवजागरण सहकारी संस्थाले घर उपलब्ध गराएपछि प्रहरी सहायक निरिक्षकको कमाण्डमा ५ जना प्रहरी रहने गरि अस्थायी प्रहरी चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक मन्दिप चौहानले जानकारी दिए ।

मागको आधारमा प्रहरी चौकी स्थापना गरिएपछि स्थानीयहरुले खुसी व्यक्त गरेका छन् । यसअघि पत्ताले प्रहरी चौकीको कार्यक्षेत्र भित्र पर्ने तिङलाको रमिते क्षेत्रमा पटक पटक चोरीका घटना घटेका थिए ।

रमितेमा एक बैँक समेत संचालनमा रहेकाले सुरक्षाको हिसावले ढुक्क हुने अवस्था आएको संबाददाता कर्ण कार्कीले बताए । समाजमा शान्ति सुव्यवस्था कायम नै पहिलो प्राथमिकतामा रहेको प्रहरी निरिक्षक चौहानले बताए ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!