सोलुखुम्बु : टाक्सिन्दुका ४८० परिवारलाई खाद्यान्न

सोेलुखुम्बु, जेठ ३


सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दुका ४८० परिवारलाई खाद्यान्न वितरण गरिएको छ । कोरोना भाइरस (कोभिड १९)को जोखिम बढेपछि सरकारले लागु गरेको लकडाउनको अवधिमा पर्ने संभावित समस्यालाई ध्यानमा राख्दै जनप्रतिनिधि र समाजसेबीको तर्फबाट ४८० परिवारलाई एक–एक बोरो चामल (३० केजी) वितरण गरिएको छ ।


समाजसेवी तथा नेपाली कांग्रेसका प्रदेश ‘ख’सभापति कर्मा शेर्पा र टाक्सिन्दुका वडासदस्य पासाङ शेर्पाद्धारा १८० बोरा चामल सहयोग गरेका छन् । दिवंगत दाई दावा शेर्पाको सम्झनामा विपदमा परेका वडाबासीको लागि सहयोग गरेको समाजसेवी शेर्पाले बताए । दावा शेर्पाको अघिल्लो बर्ष अमेरिकाको न्यूयोर्कमा ह्दयघातको कारण निधन भएको थियो ।


वडा कार्यालयको संयोजनमा शुक्रबार गरिएको खाद्यान्न वितरणमा सांग्रिला गेष्ट हाउसका संचालक पासाङ शेर्पाले ३१ बोरा, स्थानीय तेण्डि शेर्पा डेकुले १० बोरा चामल सहयोग गरेका थिए । वडाअध्यक्ष छोङबा लामा शेर्पाले १० बोरा र नगर कार्यपालिका सदस्य सरिता राईले ५ बोरा चामल सहयोग गरेका थिए ।


त्यस्तै, केही बोरा चामल टाक्सिन्दुका वडासदस्य उत्रमान राईले र बाँकी सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले चामल वितरण गरेका छन् । शुक्रबार ३२० बोरो वितरण गरिएको र बाँकी १६० बोरा चामल आइतबार वितरण गरिने वडाअध्यक्ष छोङबा लामा शेर्पाले जानकारी दिए ।


खाद्यान्न वितरण पछि मेयर शेर्पाले टाक्सिन्दुबासीलाई उत्पादनमा जोड दिन आग्रह गरे । उनले भने, ‘विपदको समयमा आत्मब ल बढाउन खाद्यान्न सहयोग गरेका हौ । अब खाद्य सुरक्षाका लागि कृषि कर्ममा दत्तचित्त हुनुपर्ने दिन आएको छ । म आग्रह गर्न चाहन्छु की, तपाईहरु सबै उत्पादनमा लाग्नुस् ।’


लकडाउनको समयमा सम्पुर्ण वडाबासीलाई एकरुपताले खाद्यान्न वितरण गरिएको वडाअध्यक्ष शेर्पाको भनाई छ । उनले भने, ‘विपदको समयमा राजनिति भन्दा माथि उठेर समाजसेवामा तल्लिन हुनु सबैको दायित्व हो । ’ राहतमा डुक्लिकेशन हुन नदिने वडाअध्यक्ष शेर्पाको भनाई छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!