सोलुखुम्बु : जोन कार्यालय ओखलढुंगा सार्ने निर्णयको विरोधमा कृषकहरु

सोलुखुम्बु, साउन १६


गत बैशाख १८ गतेको मुख्यजोन कार्यालय परियोजनानिर्देशक समितिको वैठकले ओखलढुंगा र सोलुखुम्बुलाई हेर्ने गरि प्रधानमन्त्री कृषिआधुनिकीकरण परियोजना, परियोजनाकार्यान्वयनइकाईको मुख्यकार्यालय ओखलढुंगामा राख्ने र सोलुखुम्बुमा सम्पर्क कार्यालय राख्ने गरि गरिएको निर्णयको विरोधमासोलुखुम्बुका कृषकहरु उत्रिएका छन् ।


कृषकहरुले शुक्रबार जिल्ला प्रशासन कार्यालय मार्फत कृषि तथा पशुपंक्षि विकास मन्त्रालयलाई ज्ञापन पत्र बुझाउदै जोन कार्यालय ओखलढुंगा सार्ने निर्णय प्रति आपत्ति जनाएका छन् । हिमाली जिल्लाका कृषकहरुले ओखलढुंगा कार्यालय सारे नमान्ने, बरु आन्दोलन गर्न तयार रहेको किवि जोन संचालक समितिका अध्यक्ष तथा अगुवा किवि कृषक जाङबु शेर्पा बताउछन् ।


उनीहरुले सुन्तला, किवि र अदुवावेसार जोन संचालन भएको सोलुुखुम्बुमा सम्पर्क कार्यालय राख्ने तर आलु जोन संचालनमा रहेको ओखलढुंगामा मुख्य कार्यालय राख्ने भएपछि निर्णय सच्याउन माग गर्दै मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । किविजोन संचालक समितिका सचिब छिरिङ तेन्जी शेर्पा कार्यालय सार्ने निर्णय पुर्नविचार हुनुपर्ने बताए ।


किविजोन संचालक समितिका अध्यक्ष जाङबु शेर्पा, अदुवा वेसार जोन संचालक समितिका सचिब अश्विन बाबु थापा र सुन्तला जोन संचालक समितिका अध्यक्ष श्याम बहादुर राईद्धारा हस्ताक्षरित ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी रमा आचार्य मार्फत मन्त्रालयमा पठाइएको छ । जिल्लाका सरोकारवालाहरुमा छलफल नै नगरि भौगोलिक जटिलतालाई ध्यान नदिइ लिइएको निर्णयले सोलुखुम्बुका कृषकहरु प्रताडित बन्नुपर्ने अवस्था आउने किवि कृषक तथा किवि जोन संचालक समितिका सदस्य सोनाम लामा बताउछन् ।


केहीहप्ता अघि प्रतिनिधि सभा सदस्य हेम कुमार राईको नेतृत्वमा जोन कार्यालय यथावत राख्नुपर्ने भन्दै कृषि मन्त्री घनश्याम भूषाललाई भेटेका थिए । सोलुखुम्बुको थुलुङ दुधकोशी र माप्य दुधकोशी गाउँपालिकामा सुन्तला जोन, नेचासल्यान, सोताङ, थुलुङ दुधकोशी गाउँपालिकामा अदुवा वेसार जोन र सोलुदुधकुण्ड नगरपालिका, नेचासल्यान र थुलुङ दुधकोशी गाउँपालिकामा किवि जोन संचालन हुदै आएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!